काठमाडौं । नेपाली नागरिकहरुको उद्धारका लागि परराष्ट्रमन्त्री नारायण प्रसाद साउद आफैं युद्धग्रस्त मुलुक इजरायल जाने भएका छन् । उनी आज (बुधबार) राती नेपाल एयरलाइन्सको जहाजबाट इजरायल जाने भएका हुन् ।

सरकारले इजरायल सरकारबाट चार्टर विमान उडान र अवतरणको अनुमति दिइसकेको छ । इजरायलमा रहेका दुई सय ८८ नेपालीले स्वदेश आउन आवेदन दिएका छन् ।

advertisement

इजरायलमा चार हजार पाँच सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन् भने दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनको क्रममा इजरायलमा रहेका छन् ।

विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १० जना नेपालीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com