काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको पार्टीले समेत आफूहरुलाई नगनेको बताएका छन् ।

आज (शनिबार) शंकरापुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोहन विक्रमको पार्टी कमजोर भएपनि आफूहरुलाई नसुनेको बताएका हुन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ–नयाँ व्यक्तिलाई पार्टी सदस्य बनाउन आग्रह गरे । सदस्यताको व्यापक विस्तार गर्न आग्रह गदैै उनले पार्टी बलियो बनाउने काममा लाग्न आग्रह गरे ।

advertisement

‘बलियो पार्टीको कुरा अरुले सुन्छन् । कमजोर पार्टीलाई कसैले सुन्दैन । हुन त कमजोर पार्टीले बलियो पार्टीको कुरा पनि सुन्दैन । हामीभन्दा कमजोरनै भएपनि मोहन विक्रम सिंहको पार्टीले हामीलाई सुन्छ ? सुन्दैसुन्दैन,’– उनले भने ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com