काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै जाँचबुझ आयोगको सिफारिस अनुसार मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्।

advertisement

‘बालकुमारी घटनाको बारेमा नैतिक रूपले मन्त्रीले छोड्नुपर्ने थियो, छोड्नुभएन। छोड्नुपर्छ भन्ने मेरो राय हो,’ उनले भने।

उनको राजीनामा प्रतिपक्षमात्रै नभएर सत्ता पक्षकै नेताहरूले माग गर्न थालेका हुन्। प्रतिपक्षी दलहरूले यसबारे संसदमा आवाज उठाएपछि प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ले पनि यसबारे बोलेका थिए। यसबारे प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभा बैठकमा आज आफूले मन्त्रीबाट प्रतिवेदन लिने र त्यसलाई अध्ययन गरी आवश्यक कारबाही गर्ने समेत बताएका थिए।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com