काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर आज स्वदेश फर्किएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको विदाई गर्न विमानस्थल पुगेर थानीको विदाईमा सहभगाी भए ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् ।
प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार
प्रतिक्रिया