काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन अमेरिकाको भिसा दिलाउन कूटनीतिक पहल हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाएको हो।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच बिहीबार भएको छलफलपछि परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाइएको छ । मन्त्री श्रेष्ठले खेलाडीलाई भिसा उपलब्ध गराउन सबै किसिमको पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com