काठमाडौं । नेपालका स्टार अलराउण्डर क्रीकेटर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने भएका छन् । दीपेन्द्रले आगामी अगष्टमा हुने स्कटटिस सुपर १० लिग पर्थ रोयल्सबाट खेल्ने भएका छन् । दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाले ट्वीट गर्दै उनी पर्थ रोयल्सबाट उक्त लिग खेल्ने जनाएका छन् ।

प्रतियोगिता १६ देखि ३१ अगष्टसम्म हुनेछ । स्कटटिस सुपर-१० मा ६ फ्रेन्चाइज टोलीको सहभागीता हुनेछ । उक्त प्रतियोगिता अफगानिस्तानका राशिद खान, रहमानउल्लाह गुरबाज, पाकिस्तानका नसिम साह, इंग्ल्यान्डका एलेक्स हेल्स लगायतका खेलाडीले खेल्ने छन् ।

दीपेन्द्र वर्तमान नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com