काठमाडौं । आइसिसी टी-२० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।
बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन जोडेको थियो। त्यसपछि ब्याटिङ गरेको पाकिस्तानले १३ रन मात्र जोड्न सक्यो।त्यसअघि २० ओभरमा पाकिस्तानले सात विकेटको क्षतिमा १५९ रन जोडेको थियो।
पाकिस्तानको लागि कप्तान बाबर आजमले ४४ र सादब खानले ४० रन जोड्न सके।जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि तीन विकेटको क्षतिमा १५९ रन नै जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन र आरोन जोन्सले ३६ रन बनाए।लगातार दोस्रो जितेपछि अमेरिकाको सुपर-८ सम्भावना बलियो भएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार
प्रतिक्रिया