काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिदमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायार गरेपछि अर्याल निलम्बनमा परे । सचिवका रूपमा तीन वर्षे कार्यकाल सकिनुभन्दा तीन दिनअघि मात्र अर्याललाई मुख्यसचिवमा बढुवा गरिएको थियो। मुख्यसचिवमा बढुवा नभएका भए उनी गत वर्ष असारमै सेवानिवृत्त हुन्थे।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित भएका मुख्यसचिव अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा मुख्यसचिवसरहको नयाँ दरबन्दी सिर्जना गरेर अर्याललाई सरुवा गरेको हो । यससँगै नयाँ मुख्यसचिव नियुक्ति गर्ने बाटो खुला भएको छ ।
मुख्यसचिव नहुँदाको अवस्थामा तत्कालका लागि काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको छ ।
प्रकाशित मिति: १२ असार २०८१, मंगलबार
प्रतिक्रिया