काठमाडौं । गीतकार नारायण नेपालको ‘आऊ नाचौँ छम्छमी´ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
`फोकस फोनिक्स प्रोडक्सन’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतमा गायिका मेलिना राई र गायक प्रकाश नगरकोटीको आवाज रहेको छ ।
राम धिमालद्वारा सङ्गीत भरिएको यस गीतमा ई. के. ताम्राकार, प्रीया गुरुङ तथा समूहको अविनय रहेको छ भने सुमित्रा सञ्जिलाको निर्देशन छ । उक्त म्युजिक भिडिओ नवीन तोलाङ्गी (सुजन)ले छायाङ्कन गरेका हुन्।
भिडिओ:
प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार
प्रतिक्रिया