काठमाडौं । सहकारीमा सर्वसाधारणले गरेको बचतबाट संचालित ग्यालेक्सी फोरके टेलिभिजनले तलबबापत मात्र १४ करोड ९३ लाख २२ हजार ३३ रुपैयाँ बाँडेको पाइएको छ।

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज सार्वजनिक प्रतिवेदनमा टेलिभिजनले तलबमा अत्यधिक रकम वितरण गरेको देखिन्छ।

प्रतिवेदनमा सबैभन्दा बढी तलब तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा बढीको दरले लिएको उल्लेख छ।
लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख रुपैयाँ लिएका छन्। अघिल्लो आर्थिक वर्षमा उनले ३० लाख लिएका थिए।
उनीपछि धेरै तलब लिनेमा विपीन आचार्य देखिएका छन्। उनले मासिक झण्डै तीन लाख लिने गरेको देखिएको छ। आर्थिक वर्ष ०७८/७९मा ३४ लाख ३८ हजार ३८० रुपैयाँ तलब बुझेका आचार्यले अघिल्लो आर्थिक वर्षमा २५ लाख ९३ हजार बुझेको प्रतिवेदनमा जनाइएको छ।

अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलेसमेत तलब बुझेको प्रतिवेदनमा उल्लेख छ। उनले कर्मचारीको नामबाट आर्थिक वर्ष ०७८/७९मा ३० लाख बुझेका छन्।

हेर्नुहोस् सेलरी सीट :  

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com