काठमाडौं । मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । जहाँ ३९ स्थानका लागि ३९ पदमा मतदान हुनेछ।

राजनीतिक दलहरूको लागि यस्तो आवधिक निर्वाचन शक्ति परीक्षणको एउटा माध्यमका रूपमा लिइन्छ। अघिल्लो चुनावमा गरिएका प्रतिबद्धताहरू कत्तिको पूरा भएका छन् र नागरिकहरूले दलको उपस्थितिलाई कस्तो दृष्टिकोणबाट हेरिरहेका छन्। यसको सबैको मूल्याङ्कन यो निर्वाचनमा हुने छ।

तर, देशको चौथो प्रमुख राजनीतिक दल रास्वपामा अहिले अनिश्चितता छ। सभापति रवि लामिछानेको विवादले पार्टीलाई ढाकेर राखेको छ। रास्वपाले पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दर्ता गरिसकेको छ, तर यसमा भाग लिने निर्णय भने अझै गरिएको छैन।

पार्टीको केन्द्रीय परिषदको पहिलो भेलामा तीनवटा विकल्पमाथि छलफल गरिएको थियो: निर्वाचनमा भाग लिने, घन्टी चुनाव चिह्न प्रयोग गर्न दिने, वा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने। यसका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो, तर कार्यदलले काम गर्न नपाउँदै सभापति लामिछाने पक्राउ परे।

लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको पैसा अपचलन गरेको आरोपमा पक्राउ गरिएको हो। यो घटनाले रास्वपाको भविष्य र निर्वाचनमा यसको भूमिका पक्का गर्न चुनौती थपेको छ।

पार्टी सभापति लामिछानेको विवादित स्थितिका कारण रास्वपाले गम्भीर चुनौतीहरू सामना गरिरहेको छ। लामिछानेको पक्राउ, र उनको विभिन्न घटनाक्रमहरूले पार्टीका नियमित गतिविधिहरू ठप्प पारिदिएको छ। जसले पार्टीका नेताहरूमाथी नै असन्तोष फैलाएको छ।

पार्टीका समर्थकहरूले लामिछानेको पक्षमा प्रदर्शन गर्दै उनीमाथि लागेको आरोप र राजनीतिक चापको विरोध गरिरहेका छन्। रास्वपा नेता कार्यकर्ताहरुले रविका पक्षमा नारा लगाउँदै आन्दोलन चलाइरहेका छन्। सिंगो पार्टी एक ब्यक्तिको बचाउमा लाग्दा चुनावी तयारी र अन्य गतिविधिहरूमा अवरोध निम्त्याएको छ।

यतिबेला पार्टीको केन्द्रीय कार्य समितिमा छलफलहरू भइरहेका छन्, तर निर्णय प्रक्रियामा ढिलाइले पार्टीको भविष्यलाई चुनौती दिएको छ। पार्टीका वरिष्ठ नेताहरूले छिट्टै कुनै स्थायी समाधान खोज्न आवश्यक रहेको बताएका छन्। सभापति लामिछानेले कार्यवाहक सभापति समेत तोक्न सकेका छैनन्। जसले अझ रास्वपाभित्र अन्योलको बाताबरण सिर्जना भएको छ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com