- तस्वीर: मन्दिरा बुढाथोकी/ ग्लोबल नागरिक
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रले शनिबार प्रदर्शन गरेको हो ।
सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन गरेको हो । विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण कार्यान्वयन गराउन खबरदारीसहित प्रदर्शन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
तस्बिरहरु:
प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार
प्रतिक्रिया