काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा उनले यी दुई दलको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान रहेको बताए।
“हालको सरकार, नेकपा एमाले र नेपाली कांग्रेस, नेपालका राजनीतिक र सामाजिक परिवर्तनमा सदैव अग्रणी रहेका छन्। यी दलहरूले लोकतन्त्रको संरक्षणमा अद्वितीय योगदान गरेका छन् र तिनीहरूको प्रतिबद्धता बलियो छ,” ओलीले भने।
साथै, प्रधानमन्त्री ओलीले वन क्षेत्रको संरक्षणमा सरकारले ४० प्रतिशतभन्दा तल झर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार
प्रतिक्रिया