काठमाडौं । दिल्ली विधानसभा चुनावको नतिजा आउन क्रम जारी रहँदा, आम आदमी पार्टी (आप) का नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन्। यस घटनालाई लिएर नेपालमा पनि राजनीतिक टिप्पणीहरू आउन थालेका छन्।

नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत् केजरीवालको पराजयलाई नेपाली राजनीतिक परिप्रेक्ष्यसँग तुलना गर्दै प्रतिक्रिया दिएका छन्। उनले केजरीवाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिस्ट (जनप्रिय नारामा आधारित) राजनीति लामो समय टिक्न नसक्ने बताएका छन्।

advertisement

बस्नेतका अनुसार भारतमा भ्रष्टाचारविरोधी एजेन्डा अघि सार्दै उदाएका केजरीवाल र उनका पार्टी पराजित हुन पुगेझैं नेपालमा पनि यस्तै शैलीमा उदाएका राजनीतिक दलहरू समयक्रममा पराजय भोग्न बाध्य हुनेछन्। उनले रवि लामिछानेको उदयलाई सहकारी ठगी काण्डसँग जोड्दै, केजरीवालको यात्रा जस्तै लामिछानेको राजनीतिक भविष्य पनि अवसानतर्फ उन्मुख हुने दाबी गरेका छन्।

उनले लेखेका छन्, —’इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बालेन्द्र हर्केको कुरै नगरौँ।’

बस्नेतको यो टिप्पणी सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

प्रकाशित मिति: २६ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com