काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै प्रधानमन्त्रीको हैसियतमा नीतिगत निर्णय लिएका व्यक्ति छानबिनको दायरामा ल्याउने वा नल्याउने विषयमा अन्तिम टुंगो लगाउन पूर्ण इजलासमा पठाउनुपर्ने ठहर गरेको हो।
ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णयमा पूर्वप्रधानमन्त्रीद्वयको संलग्नता रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मुद्दा दायर गरेका थिए। पाँच वर्षपछि भएको सुनुवाइमा सर्वोच्चले उक्त मुद्दालाई थप विस्तृत छलफलका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।
अधिवक्ता न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै उनीहरूविरुद्ध न्यायिक कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए। सर्वोच्चको आदेशअनुसार अब तीन न्यायाधीशको संयुक्त इजलासबाट उक्त मुद्दाको सुनुवाइ हुनेछ।
प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार
प्रतिक्रिया