काठमाडौं — पाथीभरा (मुकुम्लुङ)मा केवलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवादले उग्ररूप लिँदा हास्यकलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
गजुरेलले फेसबुक स्टाटसमा लेखेका छन्, “प्रसिद्ध धार्मिक क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण घाइते हुनु सुखद संकेत होइन। अहिले केवलकार नबन्दा केही बिग्रिँदैन, तर शान्ति, सद्भाव, र सांस्कृतिक एकता बिग्रिए भने धेरै कुरा बिग्रिन्छ।”
उनले विवाद बढ्ने खालका गतिविधि नगर्न आग्रह गर्दै भनेका छन्, “निर्माण पक्ष पछाडि हट। परिस्थितिलाई थप बिग्रन नदेऊ। विवाद र विरोधबीच ल्याइएको विकासले दीर्घकालीन निकास दिँदैन। जनभावनाको कदर गर।”
पाथीभरा केवलकार निर्माणको पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका बेला गजुरेलले शान्ति, सद्भाव, र जनभावनाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार












प्रतिक्रिया