काठमाडौं । यही वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेर वैशाख २१ गतेदेखि हुने भएको छ।

मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

advertisement

अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सोही भेटमा परीक्षा केही दिन सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com