काठमाडौं – श्रीराम टोबाको उद्योगको अर्बौंको करछली प्रकरणले मुलुकको प्रशासन प्रणालीमा मालपानीको प्रभाव कति गहिरो छ भन्ने भयावह यथार्थ सतहमा आएको छ।

ललितपुरको सानेपास्थित पशुपति इन्टरनेशनल बिजनेस प्रा.लिमा विभागले छापा मारेर श्रीराम टोबाको उद्योगबाट उत्पादित गुट्खा–खैनी ब्राण्डहरूमा तोकिएको तौल नपुगेको, उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएको प्रमाणसहित विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सक्रियतामा सिलबन्दी गरेको छ। ‘भोला’, ‘करेन्ट’, ‘जित खैनी’, र ‘पावर खैनी’ ब्राण्डहरूमा कम्तीमा २०-२५ नमुनाको परीक्षण हुँदा प्याकेटमा लेखिएको २.१४ ग्राम तौल वास्तविक तौलभन्दा कम भेटिएको विभागको निष्कर्ष छ। श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्मा पौडेलले अर्बौंको राजस्व छली गर्दै आएको प्रमाणित भएको छ।

advertisement

  • यो पनि पढौं

अर्बौंको करछलीमा श्रीराम टोबाको: तस्करीमा नाम जोडिएका ‘मालपानी’ वाणिज्य विभागको फन्दामा


अर्बौंको राजस्व छली र उपभोक्ता ठगी गर्दै आएको प्रमाणित भएपछि बाणिज्य विभागको फन्दामा परेका मालपानीलाई जोगाउन एक सुव्वा त अहिले उनीहरूको दाहिने हात बनेर काम गरिरहेका छन्।

श्रोतका अनुसार, मालपानी समूहलाई बचाउन पूर्व–प्रशासकदेखि वर्तमान उच्चपदस्थ कर्मचारीहरू सक्रिय छन्। विभागले उद्योग डिलर सिलबन्दी गरेपछि सिलबन्दी खोल्न दबाब दिने कर्मचारीहरू सक्रिय देखिएपनि महानिर्देशक दहाल भने सिलबन्दी खोलेर करछलीको प्रमाण लुकाउन दिने पक्षमा छैनन् ।

कमलकिशोर मालपानीको छायाँ पात्रका रूपमा चिनिएका नेपाल सरकारका पुर्व कर्मचारी रघुनाथ घिमिरे हाल यशोदा फुड्स, श्रीराम टोबाकोको लजिष्टिक अधिकृतका रूपमा क्रियाशील छन्। जनार्दन शर्मा अर्थमन्त्री हुँदा करको दर फेरबदल गर्न रातारात सिंहदरबार प्रवेश गरेका घिमिरे हाल मालपानी समूहका सबैभन्दा भरपर्दा रणनीतिक सहयोगी हुन्। गुपचुप सूचना प्रवाह, अनुगमन टार्न पूर्व जानकारी दिने रणनीति, र प्रहरी–प्रशासनसँगको मिलेमतोमार्फत घिमिरेले उद्योगलाई कानुनी दायराबाट बाहिर राख्न प्रयासरत छन्।

सूत्रअनुसार, उनले प्रहरीदेखि विभागीय कर्मचारीसम्मलाई पैसा, पदोन्नति र सरुवा आश्वासनसहित सेटिङमा राखेका छन्।

घिमिरेको मुख्य काम मालपानीमाथि कारवाही गर्न नदिने, अप्ठेरो परे मिलाउने, अनि नियामक निकायलाई भ्रममा पार्ने रहेको स्रोतको दाबी छ।

श्रीराम टोबाकोको करछली मोडल : कम तौल, लुकेको मिति, हराएको राजस्व

श्रीराम टोबाको उद्योगले उत्पादन गर्ने ‘भोला’, ‘करेन्ट’, ‘पावर खैनी’ लगायतका उत्पादित सामग्रीमा अर्बौ करछली भएको बाणिज्य विभागको छापा र सिलबन्दीपछि यस विषय सतहमा आएको छ।

वाणिज्य विभागको परीक्षणअनुसार:

  • -प्याकेटमा लेखिएको २.१४ ग्राम तौलको सट्टा १.८ ग्राम सम्म मात्र सामग्री भेटिएको छ।
  • -उत्पादन मिति र उपभोग्य मिति उल्लिखित छैन, जसले खाद्य सरोकारका कानुनहरू उल्लंघन गर्छ।
  • -प्याकेजिङमा आवश्यक चेतावनीहरू समेत उल्लेख छैनन्।

कडा प्रतिरोधमा एक इमानदार अडान : ‘कुमार दाहाल’

यस अपारदर्शी संरचनाको बीचमा एकजना अधिकारी सिद्धान्त र कर्तव्यमा अडिग देखिएका छन्—वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाल।

उनको नेतृत्वमा गरिएको छापामा श्रीराम टोबाकोको गम्भीर दोष उजागर भएपछि उद्योगलाई तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएका थिए। तर, उद्योगका प्रतिनिधिहरू प्रशासनिक संरक्षणको ढाल प्रयोग गर्दै सम्पर्क टारिरहेका छन्।

दाहालमाथि सिलबन्दी खोल्न, मुद्दा हल्का बनाउन र अनुसन्धान स्थगित गर्न लगातार दबाब आइरहेको छ। तर, उनी मालपानीको अर्बौं राजस्व घोटाला र उपभोक्ता ठगीलाई कानुनी कठघरामा उभ्याउन अडिग देखिन्छन्।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com