काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सयले घटेर एक लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला दुई हजार ५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया