काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिसँग जोडिएको जग्गा सट्टापट्टा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको भन्दै आरोपहरू अस्वीकार गरेका छन्।

बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध लगाइएको आरोप भ्रामक भएको जिकिर गर्दै सत्यको खोजीका लागि निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

advertisement

“विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। म अनुसन्धानको विपक्षमा होइन। सुशासनप्रति प्रतिबद्ध छु,” उनले भने, “तर, मलाई अनावश्यक रूपमा आरोपित गरिएको छ, जसको कानुनी ढंगले प्रतिवाद हुनेछ।”

नेपालले आफ्नो कानुनी सल्लाहकार टोलीले पुराना कागजातहरू झण्डै एक हजार पृष्ठको गहिरो अध्ययन गरिरहेको समेत जानकारी दिए।

 

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com