काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पवर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताएका हुन् ।

advertisement

‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ ।’

बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद सङ्ख्या घटाइने एवं विधि पुर्‍याएर छलफल गरिने जानकारी दिँदै उनले भने, ‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ ।’

सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार गरिने बताए ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com