काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रश्तावमाथि छलफल नहुने बताएका छन्।

बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताएका हुन्। बरू माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको भट्टराईले बताए।

advertisement

‘रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन। हामीले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौं,’ उनले भने।

त्यसकारण विपक्षी दलले एक दिन पुनः छलफलका लागि समय माग गरेको उनले बताए।

‘त्यस कारण संसद्को बैठक पनि अपराह्न ३ बजे राखिएको हो। माओवादीको दुई बुँदेमा, जुन हामीले पनि सहमति जनाएका छौं, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला। त्यो भएन भने लामो समय संसद अवरुद्ध हुन सक्दैन। संसद अगाडी बढ्छ,’ उनले भने,’ उनले भने।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा (माओवादी केन्द्र), रास्वपा लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन्।
सोही अनुसार बुधवारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध भयो। संसद्को गतिरोध अन्त्यका लागि रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छ।

  • —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com