काठमाडाैं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य दलहरूलाई दलाल र बिचौलियाका पक्षमा काम गरिरहेको आरोप लगाएका छन्। मुस्ताङमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले माओवादी अन्य दलभन्दा भिन्न रहेको स्पष्ट पारे।

प्रचण्डले भने, “माओवादी अरूजस्तो पार्टी होइन। हामी जनताको हकहितका लागि समर्पित छौँ। तर कांग्रेस र एमाले भने दलाल र बिचौलियाका लागि काम गरिरहेका छन्।”

advertisement

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनतासँग सिधा सम्पर्कमा रहन, जनताको आत्मसम्मान जोगाउन र समस्याको समाधानमा अग्रसर हुन निर्देशन दिए।

“हामी यहाँ विशेष उद्देश्य लिएर आएका छौँ,” उनले थपे, “मुख्य उद्देश्य हो—मुस्ताङलाई कसरी अघि बढाउने भन्ने विषय। विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र दृढ प्रतिवद्ध छ।”

प्रचण्डले मुस्ताङलाई नमूना जिल्ला बनाउने स्पष्ट योजना रहेको जानकारी गराउँदै भने, “हामीले स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनताको अवस्था बुझ्यौँ। समस्या पहिचान गरिसकेका छौँ, अब समाधानतर्फ इमान्दारीपूर्वक लाग्नुपर्छ।”

मुस्ताङको चुनौतीपूर्ण भौगोलिक अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com