काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण र प्रदूषण नियन्त्रणलाई सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पार्दै यस अभियानमा सम्पूर्ण नेपालीको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधन (इभी) र्‍यालीमा बोल्दै मन्त्री पौडेलले जलवायु परिवर्तनका सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै सरकार समावेशी र दूरदर्शी नीतिहरू तयार पार्नेतर्फ अग्रसर रहेको जानकारी दिए।

advertisement

“स्वच्छ वातावरणको सुनिश्चितता कुनै एक देशको मात्र होइन, सम्पूर्ण पृथ्वीको साझा चिन्ता हो,” मन्त्री पौडेलले भने, “एकातर्फ विकासको आवश्यकतालाई सम्बोधन गर्नु पर्ने हुन्छ भने अर्कोतर्फ स्वच्छ र दिगो वातावरणको निर्माण पनि अनिवार्य छ।”

उनले सगरमाथा संवादजस्ता पहलमार्फत नेपालले वातावरण संरक्षणप्रति गम्भीर प्रतिबद्धता प्रकट गरिसकेको उल्लेख गरे। साथै, विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सरकार दृढतापूर्वक उभिएको र यसलाई व्यवहारमा उतार्न आवश्यक सबै उपाय अवलम्बन गरिरहेको बताए।

मन्त्री पौडेलले स्वच्छ ऊर्जा र हरित प्रविधिको उपयोगमार्फत समृद्धि र दिगोपनाबीच सन्तुलन कायम गर्न सकिने विश्वास व्यक्त गर्दै, वातावरणमैत्री यातायात प्रणालीतर्फ अग्रसर हुनु समयको माग भएको बताए।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com