काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारसँग भएको दुई बुँदे सहमतिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

काठमाडौंको दोलखा सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त सहमति पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने बताए।

advertisement

उनले भने, “सरकारमा सहभागी दलहरूबीच दुई बुँदे सहमति भई संसद् सञ्चालनमा आएको हो। तर त्यसबारे विभिन्न प्रतिक्रिया आएका छन्। अध्यक्षसँग अहिलेसम्म प्रत्यक्ष छलफल भएको छैन। छलफलपछि मात्र ठोस धारणा बनाइनेछ।”

श्रेष्ठले पार्टीलाई र सुशासन अभियानलाई उक्त सहमतिले फाइदा पुग्यो कि पुगेन भन्ने विषयमा पनि समिक्षा हुनु जरुरी रहेको बताए।

“अध्यक्ष प्रचण्डले समग्र राजनीतिक परिस्थिति मूल्याङ्कन गरेर सहमतिमा हस्ताक्षर गर्नुभएको हुनसक्छ,” उनले भने, “तर पार्टीमा औपचारिक छलफल नभइसकेकाले अहिले नै स्पष्ट रूपमा केही भन्न सकिने अवस्था छैन।”

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यो मुद्दा गम्भीर भएकाले पार्टीले अन्ततः स्पष्ट निष्कर्षमा पुग्ने बताएका छन्।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com