काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो पटक टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको छ ।

लड्र्समा सम्पन्न खेलमा साविक विजेता टोली अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो । यो सँगैै दक्षिण अफ्रिकाले सन् १९९८ पछि पहिलो पटक पटक पटक पुरुष सिनियर आईसीसी ट्रफी जित्न सफल भएको छ ।

advertisement

अस्ट्रेलियाले दिएको २ सय ८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले शनिबार चौथो दिनको खेलको पहिलो सत्रमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । दक्षिण अफ्रिकाका लागि एडन माक्र्रमले शानदार शतकसहित १ सय ३६ रन बनाउँदै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।

दक्षिण अफ्रिकाले चौथो दिन आज २ सय १३ रन बनाउँदा २ विकेटको अवस्थाबाट खेल सुरु गरेको थियो । यस अघि सन् २०२३ मा भएको टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको थियो । त्यसअघि सन् २०२१ मा भने न्यूजील्याण्डले उपाधि उचालेको थियो ।

 

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com