काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा हालै सम्पन्न आन्दोलन (जेठ १५ बाट सुरु भएको) को समग्र समीक्षा, आगामी चरणको आन्दोलनको रूपरेखा र तयारीबारे गहन छलफल गरिनेछ। साथै, पार्टीको भावी कार्ययोजना, भूमिकाबारे स्पष्ट दिशा तय गरिने बताइएको छ।
बैठकमा पार्टीको संगठनात्मक सुदृढीकरण र आन्तरिक संरचना मजबुत बनाउने विषयमा समेत विस्तृत छलफल हुने जनाएको छ।
पार्टी अध्यक्ष कमल थापा बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, आन्दोलनको आवश्यकता र औचित्य, साथै राप्रपा नेपालको समसामयिक भूमिकासम्बन्धी धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको महामन्त्री बर्तौलाले जानकारी दिएका छन्।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया