काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

बीरगञ्जस्थित ‘सानो पाइला बचत तथा ऋण सहकारी संस्था’को रकम अपचलन प्रकरणमा उनीहरूमाथि मुद्दा लगाइएको हो।

advertisement

प्रहरीले घटनाको अनुसन्धान सम्पन्न गरी झण्डै एक महिना अघि सरकारी वकिलको कार्यालय, पर्सालाई प्रतिवेदन बुझाएको थियो। सोही आधारमा शुक्रबार सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार पारेर जिल्ला अदालतमा पेश गरेको हो।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी रामनरेश महतोका अनुसार प्रारम्भिक अनुसन्धान, प्रमाण तथा प्रतिवेदनको अध्ययनपछि लामिछानेसहित २९ जनालाई अभियुक्त बनाई अदालतमा मुद्दा दर्ता गरिएको हो।

यस प्रकरणले रास्वपाका सभापति लामिछानेसहित संलग्न भनिएका व्यक्तिहरूलाई थप कानुनी चुनौती सिर्जना गरेको छ। अदालतले अब सो मुद्दामा प्रक्रिया अगाडि बढाउनेछ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com