काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जलामा लेख्दै नेता बास्कोटाले बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिने भन्दै कटाक्ष गरेका हुन्। उनले रास्वपाका सांसद तथा नेताहरूले सरकारलाई आफूले पनि आलोचना नगरेर र अरूबाट हुन सक्ने मौका समेत बन्द गरेको बताएका छन्। यसका लागि रास्वपालाई सरकारले धन्यवाद दिनुपर्ने भनेर व्यंग्य समेत गरे।

advertisement

उनले लेखेका छन्, ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो। उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरिकन र अरूबाट हुन सक्ने मौका समेत बन्द गरिदिएर हुनसम्म सजिलो बनाइ दिए। बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन् होला। जे होस् देउसी लय मिलेको छ।’

रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएको भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै आएका छन्।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com