एजेन्सी । इरान–इजरायलबीच आठौं दिन पनि युद्ध जारी छ । इजरायलले बिहीबार इरानको खोन्डब न्युक्लियर रिएक्टरमा आक्रमण गरेको छ । त्यभन्दा केही घण्टाअघि इजरायलले अराक न्युक्लियर रिएक्टरमा पनि आक्रमण गरेको थियो ।

यी दुवै स्थानमा हेभी वाटर रिएक्टर हुन् । जो प्लुटोनियम बनाउनका लागि प्रयोग गरिन्छ । यता इरानले इजरायलको च्यानल १४ लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुखपत्र बताउँदै उक्त च्यानलको कार्यालयमा आक्रमण गर्ने धम्की दिएको छ ।

advertisement

सात दिनको लडाइँमा अहिलेसम्म इजरायलमा २४ जना मारिएका छन् ६ सय भन्दा बढी घाइते भएका छन् । यता इरानमा ६ सय ३९ जना मारिएका छन् भने १३ सय २९ जनाभन्दा बढी घाइते भएका छन् ।

यस्तै शुक्रबार बिहानैदेखि इरानले इजरायलमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली सेनाका अनुसार डिफेन्स सिस्टमले इजरायलतर्फ आउने मिसाइल नष्ट गर्ने काम गरिरहेको छ । हाल इजरायली जनालाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com