काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवक्ता र महामन्त्री पदमा नयाँ नियुक्ति गरेको छ। पार्टीले अहिलेसम्म कार्यवाहकका रूपमा रहेका दुई नेताहरुलाई नै पूर्ण जिम्मेवारी दिएको हो।
पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मनिष झालाई प्रवक्ता र कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको रूपमा नियुक्त गरेको हो। दुवै जना यसअघि कार्यवाहक जिम्मेवारीमै थिए।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार












प्रतिक्रिया