काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घमा आवद्ध युवाहरुलाई क्षमतावान, बलवान र शालिन हुन आग्रह गरेका छन् । सोमबार राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले दम्भी, घमण्ड र गुण्डा नहुन भनेका हुन् ।

‘मैले विश्वास लिएको छु–हाम्रो युवा संघका साथीहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान हुनेछन्, घमण्डी हुनेछैनन् । बलवान हुनेछन्, गुण्डा हुनेछैनन् । बलवान हुनु र गुण्डा हुनु फरक कुरा हो । हाम्रा साथीहरु शालिन हुन्छन् । तिनको बोलाइमा मृदुलता हुन्छ, मिठासपन हुन्छ, विनम्रता हुन्छ, शालिनता हुन्छ । तिनको व्यवहारमा विनम्रता र शालिनता हुन्छ । हाम्रा साथीहरुले समाजलाई ध्यानमा राख्नुपर्दछ । म आफ्ना लागिमात्रै होइन, समाजका लागि हुँ, म अरुका लागि पनि हुँ । अरुको लागि पनि हुनुपर्छ, अरुको लागि भइएन भने केही अर्थ छैन,’– उनले भने ।

advertisement

तर, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइलाग्नेमाथि भने जाइलाग्न युवा संघलाई निर्देशन दिए । कसैले गालामा ठ्याम्म हान्छ भने ओम शान्ति ! भनेर नबस्नु भन्दै उनले निर्देशन दिए ।

‘हामी जुझारु हुनुपर्छ । यसको अर्थ युवाहरु फेरि कसैले आएर ठ्याम्म गालामा दियो, ओम शान्ति ! शान्ति ! कसरी चल्ला ? फेरि अर्कोपल्टा बेससँग दिन्छ, फेरि ओम शान्ति ! लात्ताले ड्याम्म दिन्छ, मंगलम भगवान विष्णु, मंगलम् ! त्यस्तो चाही होइन । अन्याय सहने पनि होईन,’– उनले भने ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com