काठमाडौं । ड्यानिएल स्भेन्सनले पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतले बोरुसिया डर्टमुन्डले क्लब वर्ल्डकप २०२५ मा बिहीबार उल्सन ह्युन्डाईलाई १–० ले पराजित गरेको छ । यस जितसँगै जर्मन टिम समूह ‘जी’ को विजेता बनेको छ र अन्तिम १६ मा पुगेको छ ।

डर्टमुन्डको यो लगातार दोस्रो जित हो र उसको तीन खेलबाट सात अंक भएको छ । स्लेभन्सले ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । फ्लुमिनेस भने छ अंकमा दोस्रो स्थानमा रह्यो र यसले पनि नकआउट चरणको यात्रा निश्चित गर्‍यो ।

advertisement

उसले सनडाउन्सलाई गोलरहित बराबरीमा रोक्यो । सनडाउन्सलाई भाग्यले साथ दिएन र चार अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । उल्सन भने शून्य अंकमै रह्यो र उसले लिग चरणका सबै खेलमा हार सामना गर्‍यो ।

 

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com