काठमाडौं । प्यालेस्टाइन र इरानमाथि भइरहेको आक्रमण तथा जनसंहारको विरोधमा १२ वटा राजनीतिक दलहरूले असार २७ गते काठमाडौंमा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।

विरोध कार्यक्रम दिउँसो २ बजे रत्नपार्कबाट जुलुस निकालेर ३ बजे भृकुटीमण्डपमा सभा गर्ने गरी तय गरिएको छ। नेकपा (माओवादी केन्द्र)का नेता कुमार पौडेलका अनुसार गत शुक्रबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संयुक्त बैठकले अमेरिकी तथा इजरायली आक्रमणको विरोधमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो।

advertisement

विरोध प्रदर्शनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), देशभक्त समाजवादी स्कुल र संवाद डबली सहभागी हुने छन्।

विरोध सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेसपाका अध्यक्ष महेन्द्र राय यादव, राजमोका अध्यक्ष चित्रबहादुर केसी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सिपी गजुरेल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रदर्शनका नाराहरूमा “साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर”, “प्यालेस्टाइनमाथिको आक्रमण र जनसंहार बन्द गर”, “इरानमाथिको हमला बन्द गर” लगायत छन्।
विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने र सबै नागरिकलाई सहभागिताको आह्वान समेत गरिएको छ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com