काठमाडौं ।  नेपाली कांग्रेसले खोटाङ जिल्ला कार्य समिति सभापति विष्णु राईलाई पार्टी सदस्यबाट निष्कासन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले तीन वर्षअघिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध कार्य गरी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै राईलाई कारबाही गरेको हो।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार राईमाथि पार्टीभित्रैबाट गम्भीर अनुशासन उल्लंघन र अन्तर्घातको उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको थियो। समितिले प्राप्त प्रमाणका आधारमा राईलाई पार्टी विधान २०२७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र (ङ) अनुसार कारबाही गर्ने निर्णय गरेको हो।

advertisement

ढुंगानाले जानकारी दिएअनुसार प्रारम्भिक छानबिनपछि राईसँग स्पष्टीकरण मागिएको थियो। तर उनले दिएको जवाफ चित्तबुझ्दो नदेखिएकाले पार्टीको हितविपरीत कार्य गरेको ठहर गर्दै सदस्यताबाट एक वर्षका लागि निष्कासन गर्ने निर्णय गरिएको हो।

पार्टी सभापति शेरबहादुर देउवा, खोटाङ जिल्ला कार्य समिति, प्रदेश समिति तथा सम्बद्ध निकायलाई निर्णयबारे औपचारिक जानकारी गराइएको छ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com