काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविख्यात स्पेनिस फुटबल क्लब रियाल मड्रिडका खेलाडीहरू सम्भवत: आगामी वर्षभित्र नेपाल आउने सम्भावना रहेको बताएका छन्।

बिहीबार सातदोबाटोमा निर्माण गरिएको ‘नेसनल हाई परफर्मेन्स सेन्टर’को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणका क्रममा रियाल मड्रिडसँग नेपाल भ्रमणबारे कुराकानी भएको जानकारी दिए।

advertisement

“स्पेनमा संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन गएको थिएँ,” प्रधानमन्त्री ओलीले भने, “सोही अवसरमा केही समय निकालेर विश्वप्रसिद्ध रियाल मड्रिड क्लबको स्टेडियम पनि अवलोकन गरें।”

ओलीले थपे, “मैले क्लबका प्रतिनिधिहरूलाई आग्रह गरेँ— तपाईंहरू नेपालमा स्वयंसेवक (भोलेन्टियर) रूपमा आउनुपर्छ। हामी तलबभत्ता तिर्न सक्दैनौं, एक–डेढ अर्ब रुपैयाँ लाग्ने कुरा सम्भव छैन। तर, तपाईंहरूको आगमनले नेपाली फुटबल र खेल क्षेत्रलाई ठूलो प्रेरणा मिल्नेछ।”

उनले सम्भवतः आगामी आर्थिक वर्षभित्र रियाल मड्रिडका खेलाडीहरू नेपाल आउने आशा व्यक्त गर्दै सरकार त्यसका लागि आवश्यक पहल गर्न तयार रहेको संकेत गरे।

प्रधानमन्त्री ओलीको उक्त भनाइलाई नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेतको रूपमा लिइएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com