काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र बढ्दो गुटबन्दी र एकअर्काविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोपप्रति चिन्ता व्यक्त गरेका छन्।
अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेका नेताहरूबीच चर्किएको बयानबाजीप्रति संकेत गर्दै सचिव भट्टराईले यस्तो प्रवृत्तिलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने काम अब बन्द गरौँ। बसौँ, आपसमा छलफल गरौँ। सहकार्यका माध्यमबाट समाधान खोजौँ।’
उनले जबज (जनताको बहुदलीय जनवाद) को मर्म पनि संवाद, सहकार्य र सहमति नै भएको उल्लेख गर्दै राष्ट्र, जनता र पार्टीका लागि सबै नेताकर्मचारीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया