काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिकको निवेदनबारे जवाफ पठाएको छ। आयोगले आइतबार पठाएको पत्रमा रास्वपाले बुझाएको दस्तावेज अध्ययनको प्रक्रियामा रहेको उल्लेख गरिएको छ।
रास्वपाले २०८२ असार ७ गते केन्द्रीय समिति बैठकमार्फत कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता नियुक्त गर्ने निर्णय गर्दै असार ९ गते आयोगमा पदाधिकारी हेरफेरका लागि निवेदन दिएको थियो। आयोगले सो निवेदनमा त्रुटि देखाउँदै सच्याउन पत्राचार गरेपछि रास्वपाले असार १९ गते पुनः निवेदन दर्ता गराएको थियो।
आयोगले रास्वपाबाट २०८२ असार १९ र २०८० साउन १७ गते पेश भएका कागजातहरू अध्ययन भइरहेको जनाएको छ।
यसैबीच, उक्त पदाधिकारी हेरफेरलाई लिएर रास्वपाका पूर्व महामन्त्री डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया