काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
सोमबार बिहान करिब १०:४५ बजे मन्त्री गुप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्ति मिलाइदिने भन्दै २५ लाख र कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुसको लेनदेनसम्बन्धी डिल भएको अडिओ सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका हुन्।
प्रधानमन्त्री ओलीले अडिओ प्रकरणमा मन्त्री गुप्तासँग प्रत्यक्ष कुरा गर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले गुप्तालाई राजीनामा दिन सुझाव दिने र अस्वीकार गरे बर्खास्त गर्ने सोच बनाएका छन्।
गुप्ता नेकपा (एमाले) का केन्द्रीय सदस्य र प्रतिनिधिसभा सांसदसमेत हुन्। अडिओ प्रकरण संसद्मा समेत गुञ्जिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यससम्बन्धी उजुरी दर्ता भइसकेको छ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार













प्रतिक्रिया