काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको एक वर्ष पूरा भएको अवसरमा सरकारको काम कारबाहीमा सुधारका संकेत देखिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले लेखेका छन्, “पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारको एक वर्ष पूरा भएको छ। यो अवधिमा देशको ओरालो यात्रा रोकिएको छ र सुधारका स्पष्ट परिणाम देखिन थालेका छन्।”

advertisement

गत वर्ष असार ३० गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असार २०८१ मा भएको ७ बुँदे समझदारीअनुसार संयुक्त सरकार गठन गरिएको हो। सोही समझदारीअनुसार ओली पहिलो चरणको प्रधानमन्त्री बनेका हुन् भने दोस्रो चरणमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्ने सहमति छ।

एमाले महासचिव पोखरेलले एक वर्षे कार्यकालमा सुधारका प्रयास देखिनु सकारात्मक संकेत भएको बताएका छन्।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com