काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मनसुनसँगै उत्पन्न हुन सक्ने सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै सबै तहका पार्टी संरचना र सदस्यहरूलाई मानवीय सेवामा सक्रिय हुन आह्वान गरेको छ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै सम्भावित विपद् जोखिम न्यूनीकरण, घटनापछिको तत्काल उद्धार, प्रभावकारी राहत वितरण तथा अन्य सहयोग कार्यमा जुट्न सम्पूर्ण समिति, विभाग र कार्यकर्तालाई आग्रह गरेका हुन्।

advertisement

विपद् पूर्व तयारीलाई सुदृढ बनाउन स्थानीय सरकार, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग समन्वय गर्न पनि रास्वपाले आग्रह गरेको छ।

“मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सतर्क र तयारी अवस्थामा रहनुपर्ने आवश्यकता देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले विपद् परिस्थितिमा नागरिकको पीडामा सहानुभूति प्रकट गर्दै, मानवीय सेवा र सहयोगलाई प्राथमिक जिम्मेवारीका रूपमा लिन सबैलाई अनुरोध गरेको छ। साथै, पूर्वतयारी र तदनुसारको प्रतिकार्यलाई प्रभावकारी बनाउन विशेष ध्यान दिन पार्टी पंक्तिलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com