काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी अनुशासनको नाममा गरिएको कारबाहीले संगठनलाई झनै कमजोर पार्ने चेतावनी दिएका छन्।

आनन्दप्रसाद ढुंगानाको अध्यक्षतामा रहेको कांग्रेस केन्द्रीय अनुशासन समितिले असार ९ देखि १७ गतेसम्मको बैठकमा लुम्बिनी प्रदेशका महामन्त्रीसहित १८ जना नेता–कार्यकर्तालाई अनुशासन उल्लंघन गरेको भन्दै अधिकतम एक वर्षसम्मका लागि पार्टी सदस्यताबाट निस्कासन गर्ने निर्णय गरेको थियो। उनीहरूलाई २०७९ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीको आधिकारिक वा समर्थन प्राप्त उम्मेदवारविरुद्ध काम गरेको आरोप लागेको थियो।

advertisement

महामन्त्री थापा विदेश भ्रमणमा रहेकै बेला उक्त निर्णय सार्वजनिक भएको हो। सोमबार उक्त विषयमा सार्वजनिक टिप्पणी गर्दै उनले अनुशासनको नाममा यस्तो किसिमको कारबाही गरिनु दुर्भाग्यपूर्ण भएको बताएका हुन्।

‘यस्ता निर्णयहरूले पार्टीभित्रको असन्तुष्टि समाधान गर्नुको सट्टा अझ चुल्याउँछ,’ थापाले भने, ‘पार्टीको एकतालाई बलियो बनाउनु अहिलेको आवश्यकता हो, कारबाहीको भरमा संगठन चलाउन खोज्दा कांग्रेस कमजोर हुन सक्छ।’

उनले नेतृत्वलाई समेट्ने र छलफलमार्फत समाधान खोज्ने बाटोमा हिँड्न आग्रह गरेका छन्।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com