काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि साथ दिएका छन्।
राउत सोमबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली (घण्टीघर) पुगेर हस्ताक्षर गरेका हुन्।
रास्वपाले असार ७ गतेदेखि सभापति लामिछानेविरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै समर्थन जुटाउन देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानमा सहभागी हुन अध्यक्ष राउत आफैं कार्यालयमा पुगेका हुन्।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया