काठमाडौं । नेकपा (एमाले)ले अब संगठित सदस्यता नवीकरण गर्नका लागि अनिवार्य रूपमा परीक्षा दिनुपर्ने व्यवस्था लागू गर्ने भएको छ। पार्टीको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

मंगलबार विभागका सचिव माधव ढुंगेलद्वारा जारी विज्ञप्तिमा सदस्यता नवीकरणको प्रक्रियाअघि परीक्षा अनिवार्य गरिने स्पष्ट गरिएको छ। उनले पार्टी नीति, सिद्धान्त, विचार र दृष्टिकोणबारे सदस्यहरूको ज्ञानको स्तर मापन गर्न परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए।

advertisement

“हामीले सदस्यलाई पहिले प्रशिक्षण दिन्छौं, त्यसपछि वस्तुगत  शैलीमा परीक्षा लिन्छौं। प्रश्नपत्रमा सही उत्तरमा टिक लगाउनुपर्ने हुन्छ,” ढुंगेलले बताए। उनका अनुसार सुरुमा परीक्षा भौतिक रूपमा सञ्चालन गरिनेछ भने आगामी चरणमा अनलाइन माध्यमबाट पनि परीक्षा दिने व्यवस्था गरिनेछ।

एमालेसँग हाल करिब ५ लाख ५० हजार संगठित सदस्य छन्। अब प्रत्येक सदस्यले आफ्नो सदस्यता नवीकरण गर्नुअघि पार्टीप्रति जानकारी र प्रतिबद्धता कति छ भन्ने परीक्षण दिनुपर्नेछ।

पार्टीले यस्तो व्यवस्था सदस्यहरूको वैचारिक स्पष्टता र निष्ठा सुनिश्चित गर्न तथा संगठनात्मक सुदृढीकरणका लागि गरिएको जनाएको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com