काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा केही व्यक्तिहरूलाई छोडिएको भन्ने आरोपप्रति खण्डन गरेका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका व्यक्तिहरू नफर्किएको भन्ने दाबी आधारहीन भएको बताए।
उक्त आरोप राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा उठाएकी थिइन्। तर, आरोप लगाएको भोलिपल्टकै बैठकमा गौतमले आफूले ‘नफर्किएको’ भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पार्दै आत्मालोचना गरेकी हुन्।
गौतमको भनाइपछि यो विषय संसद र सार्वजनिक बहसमा उठिरहेकै बेला सरकारले भ्रमणमा गएका केही व्यक्तिहरू वीजिट भिसामा गएर फर्किन नसेको हुनसक्ने भन्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।
सरकारले घटनाबारे यथार्थ पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको मन्त्री गुरुङले जानकारी दिए।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया