काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग संघीय निजामती सेवा विधेयकमा भएको कुलिङ अफ पिरियड हेरफेर सम्बन्धी छानबिनको सिलसिलामा विशेष समितिले बयान लिएको छ।
बुधबार पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा समितिले खतिवडासँग बयान लिएको हो। कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठित छानबिन समितिमा सांसदहरू इश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की र संसद सचिवालयका सहसचिव मनोज कुमार गिरी सदस्य छन्।
उक्त समिति संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिको कारण, प्रक्रिया र जिम्मेवारीबारे स्पष्टता ल्याउन गठन गरिएको हो।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया