काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक अब दिउँसो १ बजे सुरु हुने जनाइएको छ।

पार्टीले बिहीबार सम्पन्न सचिवालय बैठकमार्फत १५ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ। सोही प्रस्तावलाई आजको पोलिटब्युरो बैठकमा टुंगो लगाउने तयारी गरिएको छ।

advertisement

साथै, उक्त सचिवालय बैठकले पार्टी विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै केही महत्वपूर्ण निर्णय पनि गरिसकेको छ। संशोधन प्रस्तावअनुसार, ७० वर्ष उमेर सीमा तथा कार्यकारी पदमा अधिकतम दुई कार्यकालको सीमा तोकिएको व्यवस्था आगामी कार्यकालबाट मात्र लागू हुने सहमति जुटेको थियो।

आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कुनै जिम्मेवारी दिने वा नदिनेबारे पनि गहन छलफल हुने एमालेले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी सुदृढीकरण र संगठन विस्तारसम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com