काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ललितपुरस्थित हरिहरभवनमा रहेको विभाग कार्यालयमा पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई ज्ञापनपत्र बुझाएको हो। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले लामो समयदेखि उठाउँदै आएको उक्त एजेन्डालाई अब औपचारिक रूपमा सम्बन्धित निकायमा दर्ता गरिएको छ।

advertisement

ज्ञापनपत्रमार्फत राप्रपाले २०४६ सालको परिवर्तनपछि सत्तामा पुगेका सबै राजनीतिक दलका उच्च पदस्थ नेताहरू र सरकारी कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने र शंका लागेका सम्पत्तिको स्रोत छानबिन हुनुपर्ने माग गरेको छ।

यसअघि आजै राप्रपाको प्रतिनिधिमण्डलले भ्रष्टाचार विरोधी अभियान अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ज्ञापनपत्र बुझाएको थियो। पार्टीले सबै निकायमा व्यापक अनुसन्धानका लागि दबाबमूलक अभियान सुरु गरेको जनाएको छ ।

 

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com