एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा प्रतिस्पर्धा गर्ने छ वटा टोलीले बोलकबोल (अक्सन) मार्फत खेलाडी भित्र्याएका छन् ।

मार्कीसहित छ टोलीले ए, बी र सी मा रहेका ४८ खेलाडी भित्र्याएका छन् । काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा काठमाडौँ स्पाइकर्स, लुम्बिनी लाभाज, ललितपुर क्विन्स, कर्णाली यशविस, पोखरा निन्जाज, मधेश युनाइटेडले ‘ए’ समूहमा मार्कीसहित सात जना खेलाडी बोलकबोलमार्फत भित्र्याएका छन् ।

advertisement

समूह ‘ए’ मा रहेका सात खेलाडीमध्ये छ खेलाडी शुक्रबार अनुबन्ध भएका छन् । समूह ‘ए’ मा रहने खेलाडीको न्यूनतम मूल्य एक लाख १५ हजार र उच्चतम मूल्य एक लाख ३२ हजार पाँच सय रुपियाँ तोकिएको थियो । यसै गरी चार खेलाडी लक्की ड्रमार्फत र एक जना सिङ्गल ‘बिड’ मै अनुबन्ध भएका छन् ।

मधेश युनाइटेड

निरुता ठगुन्ना (मार्की), आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहोरा, वसन्ती साउद र स्नेहा ठगुन्ना ।

कर्णाली यशविस 

सुमित्रा रेग्मी (मार्की), सफिया पुन, रश्मित दुरा, जस्ना महतो, पूजा थारू, नेबिका चौधरी, रेबिका लामा तमू र एलिशा भोजू ।

पोखरा निन्जाज

प्रगति नाथ (मार्की), पुनम चन्द, मीना सुनार, सुनिता खत्री, गरिमा बोहोरा, एन्जिला प्रधान, निशा महर र भावना तामाङ ।

ललितपुर क्विन्स

सलिना श्रेष्ठ (मार्की), सङ्गम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी ।

काठमाडौँ स्पाइकर्स

उषा भण्डारी (मार्की), कविता भट्ट, मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्री ।

लुम्बिनी लाभाज

अरुणा शाही (मार्की), कामना विष्ट, एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा विक, रोमा महतो, रञ्जना भोटे र अनुशा चौधरी ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com