काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश सरकारलाई कायम राख्दै प्रदेश सभा भने खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले पार्टीको स्पष्ट नीतिगत धारणा प्रस्तुत गर्दै भने, “हामी प्रदेश चाहन्छौं, तर प्रदेश सभा चाहँदैनौं।”

advertisement

उनका अनुसार रास्वपाको प्रस्तावअनुसार प्रदेश सभाको सट्टा स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूबाटै प्रदेशसभा जस्तै संरचना निर्माण गरी निर्णय प्रक्रियालाई अघि बढाउन सकिनेछ।

“प्रदेशको सभा त्यही प्रदेशका पालिका प्रतिनिधिहरूले चलाउनु पर्छ,” सांसद झाले स्पष्ट पारे, “यसले प्रदेश र स्थानीय तहबीचको समन्वय अझ प्रभावकारी हुन्छ।”

उनले सरकारको समग्र संरचनामा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै २१ मन्त्रालयलाई घटाएर १५ मा झार्नुपर्ने धारणा राखे।

कार्यक्रममा सांसद झा प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेप्रति कटाक्ष गर्दै भने, “उनीहरू योजना, नीति र विचारविहीन छन्। अहिले उनीहरूको मुख्य काम भनेको रास्वपाका विचार र कार्यक्रमहरूको प्रतिक्रिया दिनु मात्र हो।”

रास्वपाले लामो समयदेखि संघीयता सुधारको एजेन्डा उठाउँदै आएको छ, जसअन्तर्गत प्रदेश संरचनामा परिवर्तन आवश्यक रहेको पार्टीको तर्क छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com